२०८१ कार्तिक ८, २२:२३

यसपालि मेचीनगरमा करिब २ अर्ब रुपैयाँको बजेट आउने

मेचीनगर । जनमुखी बजेट ल्याउन मेचीनगर नगरपालिकाले राजनीतिक दलका प्रमुख र सरोकारवालासँग छलफल थालेको छ ।

नगरपालिकाले केही दिनयता जनता लक्षित स्थानीय तहको बजेट ल्याउन स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रमुख तथा विभिन्न सरोकारवालासँग छलफल चलाएको हो ।मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायत जनप्रतिनिधिहरु रहेको समितिले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय, सल्लाह र सुझावसहितको छलफल गरिरहेको छ ।

अबको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा नगरका सबै राजनीतिक दलका प्रमुख, सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सामुदायिक क्याम्पसका प्रमुखहरूसँग छलफल गरेको छ ।

नगरका सक्रिय राजनीति दलका प्रमुख, लक्षित समुह (महिला, बालबालिका, आदिवासि, जनजाति, दलित, अपांग लगायतका क्षेत्रमा कार्य गर्ने संघ-संस्थाका अध्यक्षहरुसँग छलफल सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको छ । यसपटक मेचीनगरमा करिब २ अर्ब रुपैयाँको बजेट आउने तयारी भइरहेको बुझिएको छ । गत वर्ष १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट थियो ।

यसपालि मेचीनगरमा करिब २ अर्ब रुपैयाँको बजेट आउने

रतुवा खोलामा एक पुरुषको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *