२०८१ कार्तिक ७, ०५:२०
#ब्रेकिङ न्युज

रतुवा खोलामा एक पुरुषको शव फेला

झापा। झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ ।

वर्ण गोरो, उचाइ अन्दाजी ५ फिट ६ इन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट र भेष्ट लगाएको, अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका-७ स्थित रतुवा पुल छेउमा शवमा फेला परेको थियो । खोलाले बगाएर ल्याएको शव फेला परेपछि इलाका प्रहरी कार्यालय दमकको टोली तत्काल घटनास्थल पुगेकाे थियाे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *