२०८१ कार्तिक ६, १४:२६
#ब्रेकिङ न्युज #समाज

छोरा स्वाभिमानको जन्मदिनमा युवा व्यवसायी सन्तोष खवासले दिए गुरुकुललाई खेलकुद सामग्री

बाहुनडाँगी । मेचीनगरका युवा व्यवसायी सन्तोष खवासले आफ्ना छोरा स्वाभिमान खवासको जन्मदिनको अवसरमा खेलकुद सामग्री तथा चामल वितरण गरेका छन् ।
शुक्रबार जन्मदिनको अवसरमा मेचीनगर-१ स्थित भोर्लेनीमा रहेको सुरेश्वर महेश्वर गुरुकुलम आश्रममा रहेका बालबालिकाहरुका लागि खेलकुद सामग्री वितरण गर्न बाहुनडाँगी जेसीजले संयोजन गरेको थियो । मेची उद्योग वाणिज्य संघका सदस्य समेत रहेका खवासले गुरुकुललाई फुटबल, भलिबल, टेबल टेलिस, चेस, लुडोलगायतका सामग्री प्रदान गरेका थिए ।
बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर-१ का वडा अध्यक्ष रामकुमार राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गुरुकुलका अध्यक्ष महेन्द्र मल्ल, बाहुनडाँगी जेसीज वर्ष २०२३ का अध्यक्ष केवल निरौलालगायतले बोलेका थिए । कार्यक्रममा बाहुनडाँगी खानेपानीका अध्यक्ष सनतकुमार अधिकारी, प्राचार्य चन्द्र भण्डारी, शिक्षक कासीनाथ न्यौपाने, युवा व्यवसायी मिलन विश्वकर्मालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संयोजक रिना दर्जीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सामुल रायाले गरेका थिए ।

छोरा स्वाभिमानको जन्मदिनमा युवा व्यवसायी सन्तोष खवासले दिए गुरुकुललाई खेलकुद सामग्री

ब्राउन सुगर बेच्ने एक महिला दमकमा पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *