२०८१ भाद्र २९, ०६:३८

पशुपति बोर्डिङ स्कूलद्वारा तीन दिने ”समर क्याम्प” सम्पन्न

मेचीनगर-मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आज तेस्रो  चरणको  कार्यक्रम पनि  सफलतापुर्वक  सम्पन्न  गर्दै समर क्याम्प समापन भएको जनाएको छ।

आज कार्यक्रमको अन्तिम दिन कक्षा १का विद्यार्थीहरुलाई फेस पेन्टिङ र क्राफ्ट, कक्षा दुई देखि ५ सम्मका विद्यार्थीहरूलाई मिनि माउन्टेन लगायत महत्त्वपूर्ण पर्यटनस्थलहरुको भ्रमण ,कक्षा ६,७ ८,९, १०का विद्यार्थीलाई  विर्तामोडमा रहेको “लिन नेपाल”मा स्विमिक,हाइकिङ्क, आउटिङ,आदि गर्दै समापन भएको मावि शिक्षक यम निरौलाले बताए।

अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले बुधबार पहिलो दिन विद्यार्थीहरुले स्टेज डेकोरेशन गर्नुका साथै बिभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए भने दोस्रो चरणको कार्यक्रममा विद्यार्थीहरुलाई ट्रेजर हन्ट,लाभा वाल्क र बेलन केटरपिलर खेल,टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क,  फुड स्टल प्रर्दशन  गरेका थिए।

अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले बुधबार देखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्दै विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने लक्ष्य राखेको थियाे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *