२०८१ कार्तिक ६, १६:१६
#ब्रेकिङ न्युज #समाज

काँकरभिट्टा खानेपानीको साधारण सभा सम्पन्न, राजु कार्कीको संयोजकत्वमा निर्वाचन समिति गठन

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका निवर्तमान प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभामा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिकका निवर्तमान नगर प्रमुख विमल आचार्य र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराई सम्मानित भएका छन् ।
संस्थाले सामाजिक योगदानका आधारमा साधारणसभामा संविधान सभा सदस्य रविन कोइराला र उनकी पत्नी तिर्था घिमिरे, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य र उनकी पत्नी गीता आचार्य र वर्ष उत्कृष्ट कर्मचारीका रूपमा सुस्मिता भट्टराईलाई सम्मान गरेको हो । संस्थाले कर्मचारी भट्टराईलाई नगद ७ हजार रूपैयाँसहित सम्मान गरेको हो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिपजंग सुब्बाले गरेका हुन् ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि जेठ २६ गते शनिबार निर्वाचन हुने भएको छ । अधिवेशनले राजु कार्कीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति चयन गरेको छ । निर्वाचन समितिको सदस्यहरुमा मुक्ति पौडेल, ज्ञानेन्द्र घिमिरे, शुभद्रा अर्याल र केवलराम राई रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *