२०८१ जेष्ठ १२, ०२:३७
#ब्रेकिङ न्युज

काँकरभिट्टा क्षेत्रबाट ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद

मेचीनगर, १८ वैशाख । मेचीनगरको सालघारी र गैरीगाउँ क्षेत्रबाट प्रहरीले ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद गरेको छ। गएराती सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार प्रहरीको संयुक्त टोलीले ५२ बोरा अवैद्य लत्ताकपडा बरामद गरेको एक विशेष स्रोतले जानकारी दिएको हो ।

उक्त स्रोतका अनुसार मेची खोलाको बगर, मकैबारी लगायतका क्षेत्रबाट उक्त सामान प्रहरीले बरामद गरेको हो। बरामद उक्त लत्ताकपडालाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता कृष्ण कुमार चन्दका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने त्यसपश्चात भन्सार बुझाइन्छ।

काँकरभिट्टा क्षेत्रबाट ठुलो मात्रामा अवैद्य लत्ताकपडा बरामद

रास्वपा उम्मेदवार मिलनको जमानत जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *