२०८१ कार्तिक ६, २३:३१
#ब्रेकिङ न्युज

रास्वपा उम्मेदवार मिलनको जमानत जफत

इलाम-इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार  मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। निर्वाचन आयोगको कार्यालयका अनुसार इलाम(२ मा ६९ हजार ३७४ मत खसेकोमा ६८ हजार ४७२ मत सदर भएको थियो। लिम्बूले पाँच हजार ५० मात्र मत ल्याए।

उनलाई जिताउन गृहमन्त्री समेत रहेका रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा लिम्बू चौथो स्थानमा पुगे।आयोगका अनुसार इलाम(२ मा​ उनीसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।

‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *