२०८१ कार्तिक ६, १६:२३
#ब्रेकिङ न्युज #समाज

बाहुनडाँगीमा नौमती बाजा प्रशिक्षण समापन

बाहुनडाँगी । दलित उत्थान क्षमता अभिवृद्धि नौमती बाजा प्रशिक्षण समितिको आयोजनामा नौमती बाजा प्रशिक्षण कार्यक्रम समापन भएको छ । मेचीनगर नगरपालिका वडा ४ को आर्थिक सहयोगमा सञ्चालित तालिम मेचीनगर-४ स्थित वडा कार्यालयमा समापन भएको हो ।
२२ जना प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम २० दिन सञ्चालन भएको हो । तालिमलाई चन्द्रकला ढकाल, भुपेन्द्र दर्नाल, मनिषा सिटौला, गोमा सेडाइले प्रशिक्षण गराएका हुन् । तालिम २०८० चैत १९ देखि २०८१ बैशाख ११ गतेसम्म सञ्चालन भएको हो ।
दलित उत्थान क्षमता अभिवृद्धि नौमती बाजा प्रशिक्षण समितिका अध्यक्ष मनोजकुमार.विश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर ४ का निवर्तमान वडा अध्यक्ष नविन बराल, प्रमुख प्रशिक्षक चन्द्राकला ढकाल; वर्ष २०२४ बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ; वडा सदस्य पवन बराइली, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिमले संस्कृतिको संरक्षणसँगै सीप सिकेर आत्मनिर्भर बनाउने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *