२०८१ कार्तिक ६, १४:०७
#ब्रेकिङ न्युज #मनाेरन्जन

बाहुनडाँगी महोत्सवमा आज ‘धोकेवाज हौ तिमी’ गुञ्जिने

मेचीनगर । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी बाहुनडाँगी महोत्सवमा आज गायिका एलिना चौहान आउने भएकी छिन् । बाहुनडाँगी महोत्सवमा बुधबार साँझ गायिका एलिना चौहानसँगै स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुति रहनेछ ।
बाहुनडाँगीमा २०८० चैत ३० देखि सञ्चालन भएको महोत्सव २०८१ वैशाख १६ गतेसम्म हुनेछ । गायिका एलिना चौहान चर्चित गीतहरु ‘धोकेबाज हौ तिमी, कट्टा हान्दिछु, यो भाग्यमा खोट छ, तिम्ले देको चोटहरु’ गाउनेछिन् ।
महोत्सवमा गायक कमल खत्री, महेश काफ्ले, निशान भट्टराई, विजय तामाङ माइला, सुगम पोखरेल, गायिका तृष्णा गुरुङ, अस्मिता अधिकारी, प्रिती आले मगरलगायतले प्रस्तुति दिइसकेको बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए ।

बाहुनडाँगी महोत्सवमा आज ‘धोकेवाज हौ तिमी’ गुञ्जिने

तीन दिन सिमा नाका बन्द हुदै

Leave a comment

Your email address will not be published. Required fields are marked *