२०८१ कार्तिक ६, २०:५८

जन्ती बोकेको बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए।

‘दुलहासहित ३२ जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको उनले बताए। मृतक तीनै जनाको सनाखत भइनसकेको आचार्यले जानकारी दिए।

जन्ती बोकेको बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

युएईम बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना ३ जनाको मृत्यु, ३२ घाइते

करेन्ट लागेर इलाममा एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *