२०८१ जेष्ठ १२, ०१:१२

युएईम बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको जनाएको छ ।

युएईम बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना ३ जनाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *