२०८१ कार्तिक ६, १४:३१
#मनाेरन्जन #साहित्य

बहुप्रतिक्षित एलेक्स शर्माको ”मलाई माफ गरिदेउ”सार्वजनिक

महेश सुवेदी।मेचीनगर- मेचीनगर निवासी एलेक्स शर्माको “मलाई माफ गरिदेउ “बोलको गित सार्वजनिक भएको छ। गितमा लोकप्रिय गायक प्रताप दासले स्वर दिएका छन् भने चर्चित  संगीतकार अर्जुन पोख्रेलको संगीत रहेकाे छ।

एलेक्स शर्माको आफ्नै शब्दमा रहेकाे उक्त गीतलाई नेपालको राजधानी काठमाण्डौको विभिन्न ठाउँमा  छायाङकन गरिएको गीतमा एलेक्स शर्मा, मौसम खड्का र रविन्द्र दर्नालको मुख्य अभिनय रहेको छ। भिडियो सरोज शाहीले छायांकन गरेका छन् भने कुल केसीले निर्देशन गरेका हुन्।

गत फागु पुर्णिामाकाे दिन मेचीनगर २,भृकुटीमा फाईप  स्टार युथ क्लव र १०१ युवा सुमुहद्वारा आयाेजित एक कार्यक्रम बिच गीतविमोचन गरिएको थियो । उक्त कार्यक्रममा  शुभकामना दिन नेपाली कांगेसका महामन्त्री विश्व प्रकास शर्मा, सामाजिक अभियान्ता  तथा पत्रकार भाग्य न्यौपाने र पत्रकारहरु अनुसन्धान छ्ड्केका खरो खगेन्द्र घिमिरे, मेची प्रेसका समाचार प्रमुख  महेश सुवेदीलगायत विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तिहरूको उपस्थिति  रहेकाे थियाे।

माया प्रेम र विछोडको कथा समाबेश गरिएको गीतलाई ओ एस आर डिजिटलले बजारमा बैशाख १ गते बाट ल्याएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *