२०८१ कार्तिक ६, १८:२३
#ब्रेकिङ न्युज

पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

काठमाडौं ।चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ।गत सोमबार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

शाहीको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए। लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

आरजु देउवाले गराइन् थाइराडको शल्यक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *