२०८१ कार्तिक ७, १२:५९
#खेलकुद #ब्रेकिङ न्युज

मेचीनगर स्पोर्टस् मेनियाः क्रिकेटतर्फ मेचीनगर– २, ११ र १० दोश्रो चरणमा

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष क्रिकेट खेलतर्फ मेचीनगर वडा नम्बर २, ११ र १० विजयी बन्दै क्वाटरफाइनलको यात्रा तय गरेका छन् । तुर्केनी खेल मैदानमा सम्पन्न भएको पहिलो चरणको खेल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा वडा नम्बर १४ लाई ७ रनले हराउँदै वडा नम्बर २ विजयी भयो । पहिले ब्याटिङ गरेको वडा नम्बर २ ले ९० रन बनाएको थियो । ९१ रनको लक्ष्य पछ्याएको वडा नम्बर १४ ले ८३ रन मात्र बनायो ।
त्यसैगरी, बिहीबारनै भएको दोश्रो खेलमा वडा नम्बर ३ लाई २० रनले हराउँदै ११ नम्बर वडा दोश्रो चरणमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ११ ले ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको वडा नम्बर ३ ले ६८ रन मात्र बनाउन सक्यो ।
त्यसैगरी, तेश्रो खेलमा १० नम्बर वडा ४४ रनले विजयी बन्यो । पहिले ब्याटिङ गरेको मेचीनगर वडा नम्बर १० ले १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पछ्याएको वडा नम्बर १२ ले १ सय ४ रन मात्र बनाएको थियो ।
भोलिको पहिलो क्वाटरफाइनल खेल मेचीनगर–१ र ५ बीच, मेचीनगर– ९ र १३ बीच हुने आयोजकले जनाएको छ । क्रिकेटतर्फ मिलन क्रिकेट क्लब र तुर्केनी स्पोर्टस् क्लबको प्राविधिक सहयोग रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *