२०८१ कार्तिक ७, ०८:११
#ब्रेकिङ न्युज

मकवानपुरलाई ५-१ को जित निकाल्दै झापा-११ सेमिफाइनलमा प्रवेश: छैटौं झापा गोल्डकप

झापा । झापा-११ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५-१ को जित निकाल्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

खेलमा झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले गोल गरे ।खेलको २४ औं  मिनेटमा आदित्य शाक्यले झापालाई आग्रता दिलाए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले खेको ६६ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो । डिबक्समा समिराज थोकरको पासमा हेरिसनले उत्कृष्ट फिनिसिङ गरे । खेलको ८३ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गरे । बेञ्चबाट मैदान छिरेको एकमिनेट पनि नहुँदै उनले गोल गरे ।

विपक्षी गोलरक्षक गोपी वर्तौला अनावश्यक बिट हुँदा उनले गोल गरेका हुन् । यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरे । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरे । खेलमा मकवानपुरले एक गोल सान्त्वना गोल फर्कायो । खेलको ७९ औं  नम्बर मकवानपुरका ओस्कारले गोल गरे । जितसँगै झापाले फाइनल प्रवेशका लागि शनिबार चर्चब्वाइजसँग खेल्नेछ । खेलको म्यान अफ द म्याच समिराज थोकर हुँदै नगद ११ हजार प्राप्त गरे ।

शुक्ररबारको पहिलो सेमिफाइनल खेल झापा गोल्डकपको चारपटक विजेता त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ ।१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाख पाउनेछन् ।

मकवानपुरलाई ५-१ को जित निकाल्दै झापा-११ सेमिफाइनलमा प्रवेश: छैटौं झापा गोल्डकप

आज पौने ६ बजे राष्ट्रपति कार्यालय शीतल

Leave a comment

Your email address will not be published. Required fields are marked *