२०८१ कार्तिक ६, १४:३०

बागमतीलाई पेनाल्टी सुटआउटमा हराउँदै एपिएफ सेमिफाइनलमा

बिर्तामोड । एपिएफ छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलको टाइब्रेकरमा बागमती फुटबल क्लबलाई ३ का विरुद्ध ४ गोल अन्तरले हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा एपिएफका अनिष महर्जन, फोडे फोफोना, बुद्धिमान राई, प्रदिप लामाले गोल गरेका थिए । बागमतीका अवि लामा, विमल घिसिङ, दिवस लिम्बूले गोल गरेका थिए भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । दुवै टोलीले पहिलो हाफमा गोलका लागि अवसर सृजना गरेका थिए । तर, गोल भने गर्न सकेनन् ।

पहिलो हाफमा निकै आक्रमक बनेको बागमती क्लबले अवसरहरू सृजना गरे पनि गोल गर्न सकेको थिएन । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफको २५ औँ मिनेटमा पाएको कर्नरलाई सदुपयोग गर्दै बाग्मती क्लबका राज भुसालले गरेको कडा प्रहार एपिएफका गोलकिप्पर एन्जल श्रेष्ठ बचाएका थिए । दुई पहेँलो हुँदै रातो कार्ड पाउँदै एपिएफका दिपेश धिमालले मैदान छाडेका थिए ।

२८ गतेसम्म चल्ने झापा गोल्ड कपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भोलि दोश्रो क्वाटरफाइनल चर्च ब्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमतीलाई पेनाल्टी सुटआउटमा हराउँदै एपिएफ सेमिफाइनलमा

ब्राउन सुगरसहित चार जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *