काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा स्थानीय माथि भएको खुकुरी प्रहार प्रति राप्रपाद्वारा गम्भीर ध्यानाकर्षण
काँकरभिट्टा फागुन २०-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मेचिनगरले प्रेस जारी गरेको छ। झापाको काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा स्थानीय ६ जना सर्वसाधारण माथि भएको खुकुरी प्रहार प्रति राप्रपा मेचिनगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मेचिनगरले प्रेस जारी गरेको छ ।
आज एक विज्ञिप्त जारी गर्दै राप्रपाले समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउ-धनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अन्धाधुन्द खुकुरी प्रहार प्रति गम्भीर ध्यानाकर्षण भएको मेची प्रेसलाई मेचीनगर सदस्य दिवाकर काफ्ले बताउनु भयो।
मा. सबिना बजगाई अध्यक्ष एवं कोशी प्रदेस सभा सदस्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा ”यहि मिती २०८०/११/१८ गते साझ मेचिनगर नगरपालिका वडा नं ७ मा सशस्त्र प्रहरी र स्थानियबासी बिचको बिबादमा सशस्त्र प्रहरीबलको तर्फबाट स्थानिय जनता माथी खुकुरी प्रहार भएको घटना प्रति हामो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मेचिनगर नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ। जनताको शान्ति सुरक्षाका लागि खटिएको प्रहरीबाट नै जनता माथी यसरी जघन्य प्रकृतिमा खुकुरी प्रहार हुनु अत्यन्त दुखद छ। बादबिबाद र बहस जे जस्तो भए पनि जनता माथी सुरक्षा निकायबाट भएको यस्तो आक्रमणको घटना प्रति हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मेचिनगर समिति निन्दा एवं भत्सर्ना गर्दछ साथै सम्पुर्ण घाईतेहरुको निशुल्क उपचार एवं दोषी माथी हदै सम्मको कारबाहीको माग गर्दछ। आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ।
विगत केही दिन अगाडि सशस्त्रले आफ्नो शक्तिको चरम दुरुपयोग गर्दै गरेकाे भिडियो मेची प्रेसले प्राथमिकता दिई सम्प्रेषण गरेको थियो
हेर्नुस् उक्त विज्ञप्ति