२०८१ कार्तिक ६, १४:०८
#खेलकुद #ब्रेकिङ न्युज #शिक्षा

नर्थ प्वाइन्टको खेल उत्सवः छात्र क्रिकेटतर्फ पहेँलो सदनलाई उपाधि

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव–२०८० जारी रहेको छ । बिहीबार सम्पन्न छात्रतर्फ अन्तर सदन क्रिकेट प्रतियोगिताको उपाधि पहेँलो सदनले चुमेको छ । फाइनलमा पहेँलोले निलो सदनलाई ९ विकेटले पराजित गरेको हो ।
टस जितेर फिल्डिङ रोजेको पहेँलो सदनलाई निलो सदनले ६६ रनको लक्ष्य दिएको थियो । निलोले ८ विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो । निलो सदनका साजन राईले ४४ रन बनाएका थिए । ६६ रनको लक्ष्य पछ्याएको पहेँलो सदन विजयी बन्यो ।  पहेँलो सदनका आर्यन भारतीले ३, क्रिवेश गौतम र सक्षम गौतमले २–२ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच पहेलोँ सदनका सक्क्षम गौतम, बेष्ट ब्याट्सम्यान निलो सदनका साजन राई, बेष्ट बलर पहेँलो सदनकै सक्क्षम गौतम, म्यान अफ द टुर्नामेन्ट पहेँलो सदनकै किरण प्रधान घोषित भए ।
फाइनल अघि भएको पहिलो खेलमा निलो सदनले हरियो सदनलाई ५ विकेटले हराएको थियो भने दोश्रो खेलमा पहेँलो सदनले रातो सदनलाई ५ विकेटले नै हराएको थियो । पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हरियो सदनले ४ विकेट गुमाएर ९५ रन बनायो । हरियो सदनका लागि सञ्जु खड्काले ३४ रन बनाएका थिए । आयुष खरेलले २ विकेट झारे । ९६ रनको लक्ष्य पछ्याएको निलो सदनले ५ विकेटको क्षतिमा पुरा गरेको थियो । निलो सदनका लागि सहदेव श्रेष्ठले २३ बटुलेका थिए । सञ्जु खड्का र सफलले २–२ विकेट हात पारे ।
दोश्रो खेलमा टस जितेर फिल्डिङ रोजेको पहेँलो सदनले १ सय ६ को टार्गेट प्राप्त ग¥यो । रातो सदनले ७ विकेटको क्षतिमा १ सय ५ रन बटुलेको थियो । रिवाज कट्वालले ३९ रन बनाए । सक्क्षम गौतमले ३, किरन प्रधानले २ विकेट झारे । १ सय ७ रनको लक्ष्य पहेँलो सदनले ५ विकेटको क्षतिमा पु¥यायो । किरण प्रधानले २७ रन र दिपेन सुनारले २५ रन जोडेका थिए । रिवाज कट्वाल र अनमोक प्रधानले समान २–२ विकेट लिए ।
त्यसैगरी, छात्रातर्फ अन्तर सदन भलिबल प्रतियोगितामा पहेँलो सदन र हरियो सदन विजयी भएको छ । रातो सदनलाई २५–८, २५–१९ को सोझो सेटमा हराउँदै हरियो सदन विजयी बन्यो । दोश्रो खेलमा पहेँलो सदनले निलो सदनलाई १९–२५, २६–२५, २५–२२ को सेटले पराजित गर्दै विजयी बनेको विद्यालयका खेल संयोजक कमल पौडेलले जानकारी दिए ।
तेश्रो तथा अन्तिम दिन भोलि अन्तर सदन छात्रतर्फ फुटबलको फाइनल, छात्र–छात्रातर्फ भलिबलको फाइनल  हुनेछन् । विजेता तथा उपविजेता सदन तथा विद्यार्थीले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । एथलेटिक्स विधातर्फका खेलहरु सम्पन्न भइसकेका छन् । 

नर्थ प्वाइन्टको खेल उत्सवः छात्र क्रिकेटतर्फ पहेँलो सदनलाई उपाधि

स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल

Leave a comment

Your email address will not be published. Required fields are marked *