२०८१ कार्तिक ७, १२:५८
#ब्रेकिङ न्युज

बुद्धशान्ति गाउँपालिकामा एक मजदुरकाे हत्या

झापा-झापाको  बुद्धशान्ति गाउँपालिका- ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका- २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङकाे हत्या गरिएको  छ ।

सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेका हुन् ।

शुक्रबार  साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकाे थियोे ।

अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५ः१३ बजे उनको  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएकाे छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *