२०८१ कार्तिक ७, ०४:५९

गजल ”मलाई दुखले रुवाउछ पिरले रुवाउछ”

मलाई दुखले रुवाउछ पिरले रुवाउछ

भाग्यनै खोटो रहेछ तक्दिरले रुवाउछ

 

म ढुङ्गा किनारा लागे पानीको प्रेममा

छालले रुवाउछ नदिकै तिरले रुवाउछ

 

संसार जित्छु भनेर हिडेको घरैमा हारेँ

आँफ्ना सम्बन्धको जन्जिरले रुवाउछ

 

सँधै एकनास नहुने रहेछ खुसि पनि त

हिजो हँसाउने तिम्रै तस्विरले रुवाउछ।

गजलकार : झरना दुलाल मेचीनगर २ झापा

गजल ”मलाई दुखले रुवाउछ पिरले रुवाउछ”

गजल ”अरे त्यो एउटा मान्छे मात्र अमर

Leave a comment

Your email address will not be published. Required fields are marked *