२०८१ कार्तिक ६, २०:५८

अखिल नेपाल फुटबल संघले झापा गोल्डकप सञ्चालन गर्न स्विकृति प्रधान

विभिन्न पाँच सुत्रिय शर्तहरु राखेर अखिल नेपाल फुटबल संघले झापा गोल्डकप फुटबल प्रतियोगिता २०८० को छैटौं संस्करणलाई झापामा सञ्चालन गर्न स्विकृति प्रधान गरेकाे छ।

फागुन १९ देखि २८ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुदैछ।

संघका महासचिव किरण राईद्धारा हस्ताक्षरित पत्रमा पाँच वटा सर्तहरु रहेका छन् ।

यस्ताे छ शर्तहरुः

१  प्रतियोगितामा सहभागी हुने टिम क्लबहरु एन्फा वा एन्फामा आवद्ध जिस्सा फुटबल संघमा आधिकारिक रुपमा आबद्ध (दर्ता) भएको हुनु पर्नेछ ।

२  प्रतियोगिता नियमावली र खेल तालिका ७ दिन अघि एन्फामा पेश गरी एन्फाको स्विकृती लिई खेल सन्चालन गर्नु पर्नेछ ।

३  प्रतियोगिता सञ्चालनको लागि आवश्यक प्राविधिक जनशक्ति (रेफ्रि, सहायक रेफ्रि, फोयं अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नर) एन्फाबाट मनोनयन गराई मात्र सञ्चालन गर्नु पर्नेछ ।

४ एन्फाले माथि उल्लेखित मितिमा मोफसलको अन्य ११ एका स्थानमा प्रतियोगिता संचालन गर्न स्वीकृत दिन सक्नेछ ।

५ प्रतियोगिता सम्पन्न भएको ७ दिन भित्र एन्फा सचिवालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *