२०८१ कार्तिक ७, १२:५८
#खेलकुद #ब्रेकिङ न्युज

प्रथम टोकला नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र नकलबन्दा एफसीको विजयी शुरुवात

मेचीनगर । प्रथम टोकला नकआउट फुटबल प्रतियोगितामा आयोजक र नकलबन्दा एफसीले विजयी शुरुवात गरेका छन् ।
थन्डर्स  स्पोर्टिङ  क्लब झापाको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक थन्डर्स एफसीले इटाभट्टालाई पराजित गरेको हो । निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । सडन डेथमा इटाभट्टाका खेलाडीले गोल गर्न चुकेपछि आयोजक विजय भयो । खेलको म्यान अफ द म्याच आयोजकका गोलरक्षक रितेश न्यौपाने घोषित भए ।
त्यसैगरी, जोरसिमल एफसी र नकलबन्दा एफसीबीच भएको दोश्रो खेलको निर्धारण पनि टाइब्रेकरबाट भएको थियो । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतिष्पर्धात्मक खेलमा दुवै तर्फबाट थप गोलको प्रयास भएपनि सफल हुन सकेनन् । खेल नकलबन्दाले ४–१ ले जितेको हो । टाइब्रेकरमा म्यान अफ द म्याच नकलबन्दा एफसीका गोलरक्षक देव राउतले विपक्षीको ३ वटा प्रहार बचाएका थिए भने एक गोलमा परिणत भएको थियो ।
स्कुलडाँडा खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मेचीनगर–८ का वार्ड अध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, वडा सदस्यहरु विष्णु भट्टराई, कुन्दन निरौला, कविता मिजार, मनकुमारी गिरी, पुष्प गेलाल, मनकुमार लिम्बु, मजदुर नेता तिलक दर्जी, योगेन थापा मगर, प्रहरी चौकी नकलबन्दाका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पूर्ण मगरको सभापतित्व रहेको थियो भने सञ्चालन विवेक कालिकोटेले गरेका थिए ।
माघ २० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोलिको पहिलो खेल यलम्बर एफसी र एफ.एस.सीबीच र दोश्रो खेल थण्डर्स एफसी ‘बी’ र नर्थ प्वाइन्ट एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रथम टोकला नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र नकलबन्दा एफसीको विजयी शुरुवात

पाकिस्तानलाई नेपालले दियो १९८ को लक्ष्य

Leave a comment

Your email address will not be published. Required fields are marked *