२०८१ कार्तिक ७, १२:५८

हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

धरान- हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ ।

उपमहानगरपालिकाले गत पुस २९ मा कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको हो । शुक्रबार उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्णरूपमा नहटाए जफत गरेर कानून बमोजिम जरिबाना गरिने उल्लेख छ ।

धरानका सडकहरू, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थल जस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका सुर्ती, खैनी, गुट्खा, पानपरागका खोल अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनु परेको जनाइएको छ ।

बजारमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका प्लास्टिकका खोल जथाभावी फालिँदा फोहोर बढेकाले यसको प्रयोगमा रोक लगाएको बताइएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *