२०८१ कार्तिक ६, १६:१८

आज बाट तीन दिने चासोक तङ्नाम मेला सुरु

मेचीनगर –उधौली पर्वको अवसर पारेर मेचीनगर ५ स्थित अधेरीको माङ्हिम टोलमा चासोक तङ्नाम मेला आयोजना हुने भएको छ।

मेचीनगर नगरपालिकाको  मेयर गोपालचन्द बुढाथोकी र कोशी प्रदेश सांसद गोपाल तामाङले उत्घाटन गर्ने कार्यक्रममा पहिले दिन  किराँत समुदायको विशेष लिम्बू ,राई ,सुनवार र याख्खाहरुको सांस्कृतिक झाकी प्रदर्शन हुने र उक्त पर्वकाे विभिन्न बुद्धिजीवीले प्रकाश पर्ने छन्।

दोस्रो दिन बिभिन्न स्कूलहरुको नित्य, खेलकुदका कार्यक्रम र विभिन्न सामानहरुको स्टल प्रदर्शन हुने र अन्तिम दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रतुति दिदै समापन हुने अध्यक्ष लोक वा आझ्बोको भनाई छ।

कार्यक्रममा मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेतीको पनि उपस्थिति रहने मेला आयोजकको भनाई छ।

उक्त मेलामा गायक तथा संगीतकार उत्तमजङ लिम्बू , गायक चोत्लुङ हाङ  लिम्बू, विर्तामोडकाे सास्कृतिक बेन्ड, नायिका उपसना लिम्बू , डान्सर दिलमाया लिम्बू , गायक कन्चन थलङ लिम्बू लगायतले बेजोड प्रस्तुती रहने जनाएको छ।

नेपाल सरकारले आज  सार्वजनिक विदा दिएको छ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *