२०८१ आश्विन २९, ०९:३२

रवि लामिछानेको अगुवाइमा सुरु भएको टीभी ग्यालेक्सी फोरके बन्द

काठमाडौं । फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टीभी बन्द भएको छ ।

करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी बन्द भएको हो ।

फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । त्यस्तै टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने घाेषणा गरिएकाे थियाे ।

तर टेलिभिजन सञ्चालनमा आएको ३४ महिनापछि ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टीभीका मालिक गीतेन्द्र बहादुर राई (जीबी राई) सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।

आज बाट तीन दिने चासोक तङ्नाम मेला

Leave a comment

Your email address will not be published. Required fields are marked *