खुकुरी प्रहार गरी वृद्धाको हत्या
सुनसरी— इटहरी २ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षीया मधुमाया पुरीको खुकुरी प्रहार गरी हत्या भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।