२०८१ कार्तिक ६, १२:२३

सुन तोलाको एक लाख २० हजार ८ सय पुग्‍यो

काठमाडौं :  नेपाली बजारमा सुनको मूल्य फेरि बढेर प्रतितोला एक लाख २० हजार ८०० पुगेको छ। आइतबार छापावाल सुन यसै मूल्‍यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुनको मूल्‍यमा निरन्तर जस्तो वृद्धि भइरहेको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *