२०८१ कार्तिक ६, १०:०५

काँडा झार नियन्त्रणका विषयमा मेचीनगरमा सरोकारवालाहरुसँग छलफल

झापा, १७ मैसिर । हानिकारक उल्टा काँडा झार नियन्त्रणका विषयमा मेचीनगरमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।

फरेस्ट एक्सन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विषालु वनस्पतिको पहिचान गरी त्यसलाई व्यवस्थापन गर्न लागि पर्ने बताए । ‘उल्टा काँडा विषालु हुदोरहेछ, किसानहरुले यो कुरा भनिरहनु भएको छ,’ उनले भने, ‘यो हानिकारक झार नियन्त्रण गर्न योजना बनाएर तुरुन्तै अघि बढ्ने छौं ।’

कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, जिल्ला वन उपभोक्ता महासंघ अध्यक्ष वेदप्रकाश भण्डारी, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, वडाध्यक्षहरु दिपक बराल, कञ्चन तामाङ, हर्क बस्नेत लगायतले उल्टा काँडा नियन्त्रणका विषयमा आफ्ना धारणा राखेका थिए ।

सुन तोलाको एक लाख २० हजार ८

Leave a comment

Your email address will not be published. Required fields are marked *