२०८१ कार्तिक ६, १४:१२

शिक्षक विदेशिएपछि व्यवस्थापन समितिका अध्यक्ष आफैँ पढाउँदै

बेलबारी : मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन्।

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँ अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउँछन्।

अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानाध्यापक समेत थिए। शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी-३ स्थित भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीकी शिक्षिका थिइन्। उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्‌सँगै विदेश गइन्।

लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवा निवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। व्यवस्थापन समितिका अध्यक्ष भएपछि पनि उनले विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको बताउँछन्।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताए। RSS

 

शिक्षक विदेशिएपछि व्यवस्थापन समितिका अध्यक्ष आफैँ पढाउँदै

मेचीनगर र बुद्धशान्ति विजयी

मंसिर ११ गते सोमबारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *