२०८१ भाद्र २९, ०७:०४

मेचीनगर र बुद्धशान्ति विजयी

झापा, १० मंसिर । बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आजको खेलमा विजयी भएका छन् । आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको छ । त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भएकाे छ । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीन-तीन अंक जोडेका छन् ।

बुद्धशान्तिका बबिन बोहोराले खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे । खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आजै  भएको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपादचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरेका छ्न  ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छ्न  । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

मेचीनगर र बुद्धशान्ति विजयी

एकै वर्षमा थपिए देशभर ४६९ निजी अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *