२०८१ कार्तिक ६, १६:१७

एकै वर्षमा थपिए देशभर ४६९ निजी अस्पताल

काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपालमा निजी क्षेत्रबाट सञ्चालन हुने अस्पतालको संख्या बढ्दै गएको छ। ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का आधारमा आव २०७९।०८० मा देशभर ४६९ वटा निजी अस्पताल थपिएका छन्।

आव २०७९।०८० मा देशभर निजी अस्पतालको सङ्ख्या २ हजार ५५१ पुगेको छ। मन्त्रालयका अनुसार आव २०७७।०७८ मा नेपालमा जम्मा २ हजार ८२ वटा र आव २०७८।०७९ मा २ हजार १५५ वटा निजी अस्पताल थिए।

हाल प्रदेशअनुसार हेर्दा बागमतीमा १ हजार ५३६, मधेशमा २५०, लुम्बिनीमा २३४, कोशीमा २१७, गण्डकीमा १५७, सुदूरपश्चिममा ८२ र कर्णालीमा ७५ वटा निजी अस्पताल रहेका छन्।

यसैगरी नेपालमा सामुदायिक अस्पतालको संख्या पनि बढ्दो छ। हाल देशभर २ सयभन्दा बढी सामुदायिक अस्पताल रहेका छन्। ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का आधारमा आव २०७९।०८० मा देशभर सामुदायिक अस्पतालको संख्या २१५ पुगेको देखिएको हो। सात प्रदेशमा रहेका कुल अस्पतालमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५४ रहेका छन्। त्यसैगरी कोशी प्रदेशमा ४६, कर्णालीमा २८, लुम्बिनीमा २८, गण्डकीमा २३, सुदूरपश्चिम र मधेश प्रदेशमा १८/१८ वटा सामुदायिक अस्पताल रहेको तथ्याङ्कले देखाएको छ।

यो अवधिमा १ सयदेखि ३ सय शय्याका जनरल अस्पतालको सङ्ख्या ७९ पुगेको छ। जसमध्ये कोशीमा ११, मधेशमा १६, बागमतीमा २६, गण्डकीमा ९, लुम्बिनीमा १२, कर्णालीमा ३ र सुदूरपश्चिममा २ वटा रहेका छन्। त्यसैगरी २५ देखि ५० शय्याका अस्पताल ३३३ वटा छन्। यीमध्ये कोशीमा ४१, मधेशमा ५५, बागमतीमा ७९, गण्डकीमा ६६, लुम्बिनीमा ५७, कर्णालीमा १६ र सुदूरपश्चिममा १९ रहेका छन्।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र हेर्ने हो भने कोशी प्रदेशमा ३३, मधेशमा ३२, बागमतीमा ४०, गण्डकीमा २५, लुम्बिनीमा २९, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ रहेका छन्।

नेपालमा स्वास्थ्यचौकीको संख्या बाक्लो छ। आव २०७९।०८० सम्म देशभर स्वास्थ्यचौकीको सङ्ख्या ३ हजार ७७८ पुगेको छ। यीमध्ये कोशी प्रदेशमा ६३२, मधेशमा ७४०, बागमतीमा ६४३, गण्डकीमा ४८७, लुम्बिनीमा ५६८, कर्णालीमा ३३२ र सुदूरपश्चिममा ३७६ रहेका छन्।  source.thaha khabar

एकै वर्षमा थपिए देशभर ४६९ निजी अस्पताल

चार महिनामा १२ अर्ब रुपैयाँ बराबरको तरकारी

एकै वर्षमा थपिए देशभर ४६९ निजी अस्पताल

मेचीनगर र बुद्धशान्ति विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *