२०८१ कार्तिक ६, १२:१७

लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने

झापा, ८ मंसिर । यसवर्ष उत्कृष्ट प्रतिभा पुरस्कार, उत्कृष्ट कृषि पुरस्कार र उत्कृष्ट गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका तीन जना प्रतिभाहरुलाई झापाको लाल भागिरथा बानियाँ पुरस्कार दिने निर्णय गरेको छ ।

शिक्षासेवी हरिचरण बानिया र उहाँको दाजुभाईहरुको स्वर्गवासी मातापिताको  स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो। संस्थाले समाजमा बिशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यलेरु १० लाखको अक्षय कोष खडा गदै आएको छ ।उत्कृष्ट कृषक पुरस्कार बाहुनडाँगीका बद्री राउत, उत्कृष्ट प्रतिभा पुरस्कार बिपि कोईराला स्वास्थ  बिज्ञान प्रतिष्ठान धरानका सञ्जीव शर्मा, र उत्कृष्ट गृहिणी पुरस्कार बिर्तामोड चार निवासी हिमा लुइटेललाई पुरस्कृत गर्ने भएको हो ।

आज मेचीनगर ७ ईटाभटामा रहेको प्रेस क्लवमा पत्रकार सम्मेलन गदै उक्त पुरस्कार २०८० मंसिर २० मा प्रधान कार्यालय रहेको बानियाँ गाउँमा सम्मानीय सभामुख देबराज घिमिरे प्रमुख अतिथि रहने कार्यक्रममा वितरण गरिने निर्णय भएको जानकारी दिएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *