२०८१ कार्तिक ६, १०:०५

एनएमसीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले आफ्नो मेची क्षेत्र अन्तर्गतका सेवा केन्द्रहरूमा शनिबार ३१ औं उप एकाईगत साधारणसभा सम्पन्न गरेको छ जस अन्तर्गत काँकरभिट्टा उप एकाईगत साधारणसभा काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न भयो ।

काँकरभिट्टा सेवा केन्द्रगत उप समिति संयोजक प्रहृलाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोसी प्रदेशका सांसद माननीय गोपाल तामाङ रहनुभएको थियो । एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले छलफलका क्रममा उठेका विषयमा जवाफ दिनुभएको कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्षको प्रतिवेदन उप्रेती स्वयंले र लेखा प्रतिवेदन उक्त संस्थाका लेखा तथा वित्त विभाग प्रमुख सुर्य प्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो । काँकरभिट्टा उप एकाईगत साधारण सभाको संचालन काँकडभिट्टा कार्यालयका कार्यालय प्रमुख उत्तम भण्डारीले गर्नुभएको थियो ।

झापा,ईलाम र मोरङ ३ जिल्ला कार्यक्षेत्र रहेको एनएमसीले आफ्नो कार्यक्षेत्रलाई ७ वटा क्षेत्रमा विभाजन गरि प्रत्येक क्षेत्रलाई एउटा एकाई साथै प्रत्येक एकाई भित्र रहेका सेवाकेन्द्रहरूलाई एउटा उप एकाई मानि उप एकाईगत साधारणसभा यहीँ मंसिर २ देखि ८ गतेसम्म सम्पन्न गर्दैछ । संस्थाको अन्तिम माइन्युट प्रमाणित सभा भने यहीँ मंसिर १६ गते विर्तामोडमा हुने संस्थाले जनाएको छ ।

दीपावली सकिएसँगै मेचीनगरमा छठको तयारी सुरु

प्रहरी कारबाहीमा डाँकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *