२०८१ कार्तिक ६, १२:२८

पूर्व राजा ज्ञानेन्द्र शाह विर्तामोड आउने

झापा मंसिर २। पूर्व राजा श्री ५ ज्ञानेन्द्र विर विक्रम शाह देव मंसिर ९ गते झापाको विर्तामोड आउने भएको छन्।

बिर्तामोडस्थित इकम कलेजमा राखिएको राष्ट्र निर्माता स्व श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न र पछिल्लो समय राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृतिलाई स्वार्थ समुहरुले प्रहार गरेको जनाउदै सो बिषयहरुमा समेत विचार विमर्श गर्नेमा भ्रमण केन्द्रित रहने जनाएको छ।

पछिल्लो समय पुर्व राजा शाह यस प्रकारका अभियान चलाउदै देश दाैडाहामा छन् । पुर्व राजाको उक्त भ्रमणको विषयमा विभिन्न दलका शिर्ष नेताहरुले टिका टिप्पणी गर्दै मृत अवस्थामा पुगिसकेको राजसंस्था फेरि फर्काउने चेस्टा नगर्न चेतावनी दिदै आएका छन् ।

यद्दपी अहिले ठुला दलहरूप्रति जनतामा बढ्दो वितृष्णाले गर्दा राजसंस्था पुनःस्थापना र हिन्दुराज्य स्थापनाका लागि भन्दै पुर्व राजा सहभागी हुने कार्यक्रमहरूमा व्यापक जनसहभागिता हुने गरेको छ ।

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

छठपर्व आज दोस्रो दिनमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *