२०८० मंसिर १४

छठपर्व आज दोस्रो दिनमा प्रवेश

काकरभिट्टा  मङ्सिर २ –आस्थाको महापर्व छठ  विधिवत रुपमा सुरु भएर दोस्रो दिनमा प्रवेश भएको छ।। छठपर्व गर्ने व्रतालुले  पहिलो दिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्।छठपर्वको दोस्रो दिन  व्रतालु नहाय खाय विधी गर्छन्।

तेश्रो दिन खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्।ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। धुलावारीको निन्दा खोला र काकटभिट्टाको मेची खोलामा पूजा गर्नैको भिड हुन थालेको छ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रूपमा समापन गरिन्छ।

छठपर्व आज दोस्रो दिनमा प्रवेश

पूर्व राजा ज्ञानेन्द्र शाह विर्तामोड आउने

छठपर्व आज दोस्रो दिनमा प्रवेश

दीपावली सकिएसँगै मेचीनगरमा छठको तयारी सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *