२०८१ कार्तिक ६, १४:०९

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्नेःनेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले अहिले पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी जानकारी गराउन पनि सबै सेवा प्रदायकलाई आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।  प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही गरिने पनि प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।चीनले नेपालमा भईरहेको सामाजिक सन्ञाल टिकटक बन्दको बारेका निजिकबाट निहालिरहेको स्पस्ट पारेको जनाएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्नेःनेपाल दूरसञ्चार प्राधिकरण

भाईटिकाको साईत १० बजेर ५१ मिनेटमा

गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *