बाहुनडाँगी जेसीजको सभामा सम्मान
मेचीनगर । बाहुनडाँगी जेसीजको १४ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सामुदायिक भवनमा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा चराको संरक्षणमा काम गर्ने देवेन्द्र खरेल, हात्तीको क्षेत्रमा काम गर्ने शंकर लुइँटेल, सुरज देवकोटा, सन्तोष खवास, सन्तोष भट्टराई, विद्या विकास एकाडेमीलाई सम्मान गरिएको थियो । यसैगरी, संस्थामा एक वर्ष विभिन्न क्षेत्रबाट सहयोग गर्ने जेसीजहरुलाई अवार्ड प्रदान गरिएको थियो । विमल रणपहेलीलाई वर्ष उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । यसैगरी, सुष्मा मिश्र, रिना दर्जी, सदेश पौडेल, प्रविण चापागाइँ, विदात गिरी, किशोर उपरकोटी, एलिस पौडेल, नित्यानन्द चम्लागाइँ, पवन बराइलीलाई अवार्ड प्रदान गरिएको थियो । यस्तै टंकबहादुर देवकोटा स्मृति छात्रवृत्ति पुरस्कारबाट जनता माविका मान्यता दाहाल र भानु माविका सुगम पोखरेललाई जनही १ हजार ५ सयले पुरस्कृत गरियो ।
२०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षता तथा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर १ का वडा अध्यक्ष रामकुमार राई, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, भानु माविका प्रधानाध्यापक खड्गकुमारी तिम्सिनालगायतले संस्थाले एक वर्षमा गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रम संयोजक सामुल रायाले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यकारिणी उपाध्यक्ष सुष्मा मिश्र तथा सञ्चालन महासचिव कौशल उप्रेतीले गरेका थिए । यो अधिवेशनले नयाँ नेतृत्व ल्याउनेछ ।
बन्दसत्रमा उम्मेदवारी दर्ता गरिएको छ । अध्यक्षमा नित्यानन्द चम्लगाईं र निकेशराज दाहालको उम्मेदवारी परेको छ । नित्यानन्द वर्तमान कोषाध्यक्ष हुन् भने निकेश संस्थापक सदस्य हुन् । यसैगरी दुई जनाको पद रहेको कार्यकारिणी उपाध्यक्षमा किरण गौतम, सदेश पौडेल, डिल्लीराज भारती र रोशन गिरीको उम्मेदवारी परेको छ । ४ जनाको उपाध्यक्षमा प्रविण चापागाइँ, विमल रणपहेली, भरत चम्लागाइँ र रिना दर्जीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य तथा निवर्तमान अध्यक्ष केवल निरौलाले बताए । निर्वाचन तालिका अनुसार १५ गते उम्मेदवारी तालिम र २२ गते निर्वाचन हुनेछ ।