२०८१ कार्तिक ६, १४:१७
#ब्रेकिङ न्युज

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

मेचीनगर । समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे चयन भएका छन् । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनबाट १५ सदस्यीय समितिको उपाध्यक्षमा गङ्गाप्रसाद संग्रौला, सचिवमा अनिस काफ्ले, उपसचिवमा सृजना कट्टेल र कोषाध्यक्षमा निलादेवि भट्टराई चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा विश्व बिजय घिमिरे, कमल पोख्रेल, दुर्गाबहादुर खड्का, नगेन्द्र कुमार म्याङ्बो, मिना गिरी, रितादेवी नेपाल, गोपाल तामाङ, विष्णु श्रेष्ठ, खगेन्द्रकुमार नौपाने, नवराज भट्टराई चयन भएको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिए ।

अध्यक्ष धर्मराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मणि उप्रेती, राम कट्टेल, मेचीनगर ७ का वडा अध्यक्ष प्रलादमणि ओली, माओवादी केन्द्रका प्रतिनिधि भवनाथ दाहाल, मेचीनगरका लागि करुणा फाउन्डेसनका प्रतिनिधि पदम बराइलीलगायतले बोलेका थिए ।

गंगाप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विष्णु श्रेष्ठले गरेका थिए ।

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

शिक्षा दिवसमा भव्य समारोहः सयौं सम्मानित

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा

Leave a comment

Your email address will not be published. Required fields are marked *