२०८१ कार्तिक ६, १४:२३
#ब्रेकिङ न्युज

विश्वप्रकाश शर्माकाे पहलमा अचेत अवस्थामा रहेकी आमा भेट्न कँवर ओमान प्रस्थान

मेचीनगर । ओमानमा ढेड वर्षदेखि अस्पतालमा अचेत अवस्थामा रहेकी मेचीनगर–१० की ४५ वर्षीया बिनादेवी कँवरलाई भेट्न छोरा सञ्जय कँवर ओमान गएका छन् ।  आज विहान एयर अरेबियाको जहाज चढेर सञ्जय कँवर आमा भेट्न ओमान गएका हुन् ।

सञ्जयको ओमान यात्राको सबै चाँजोपाँजो नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले मिलाइदिएका छन् । ओमानको सुल्तान कबुस स्थित सरकारी अस्पतालमा बिनादेवी ढेड वर्षदेखि अचेत अवस्थामा उपचाररत् छिन् । सञ्जयले अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझ्न पाउने भएका छन् ।

ओमान स्थित नेपाली राजदूतावासका अधिकारीहरुसँग सांसद् शर्माले सम्पर्क गरेर आमा र छोराको पुनर्मिलनको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

दूताबासका अनुसार बिनादेवीको स्वास्थ्य अवस्था नाजुक रहेकाले नेपाल ल्याउन असम्भव भएपछि छोरालाई आमा भेट्न त्यहाँ पठाइएको हो ।

 

विश्वप्रकाश शर्माकाे पहलमा अचेत अवस्थामा रहेकी आमा भेट्न कँवर ओमान प्रस्थान

शिक्षा दिवसमा भव्य समारोहः सयौं सम्मानित

Leave a comment

Your email address will not be published. Required fields are marked *