२०८१ कार्तिक ६, १९:०३
#ब्रेकिङ न्युज

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

मेचीनगर । भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।

सोमबार दिउँसो ३:३० बजे झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा बसपार्कमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ खोरीवारि थाना बस्ने २२ वर्षीय अब्बास राजग्र र सोही ठाउँ बस्ने २२ वर्षकै मफिजुद्यिन अन्सारीलाई लागू औषधसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्लास्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात

Leave a comment

Your email address will not be published. Required fields are marked *