२०८१ कार्तिक ६, १८:२४
#ब्रेकिङ न्युज

मेचीनगरपालिकाद्वारा २ दिनमा सवारी पार्किङबापत ८० हजार बढी रकम संकलन

मेचीनगर- झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेकाे छ ।

नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेकाे हाे ।

नगरपालिकाले काँकरभिट्टा र प्यारीभिट्टा बस पार्कबाट लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट पार्किङको शुल्क वापत २ दिनमा ८० हजार भन्दा बढी रकम संकलन गरिएकाे मेचीनगर राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले जानकारी दिए ।

गत बर्ष ८४ लाखमा पार्किङ शुल्ककाे ठेक्का लागेकाेमा यसपालि भने १ कराेड २६ लाखमा लागेकाे थियाे तर नगरले फेरि घटाएर ९५ लाख रुपैयाँमा ठेक्का खुलाएकाे राजश्व उपशाखाका प्रमुख पराजुलीले बताए । उनले पहिला भन्दा करकाे दर पनि बढाएकाे हुनाले केहि रकम थप गरिएकाे उनले जानकारी दिए ।

नगरले लामाे दुरीका साधनबाट १२० रुपैया, छाेटा दुरीका साधनबाट ८० रूपैया, हाइस गाडीबाट ५०, म्याजिक गाडिबाट २५ रूपैया र सिटी रिक्साबाट २० रुपैया सकलन गरेकाे थियाे ।

नगरपालिकाले साउन ८ गते सम्मका लागि ठेक्का आवाहन गरेकाे छ । ठेक्का नलाग्दा सम्मका लागि हामी आफैले पार्किङको शुल्क संकलन गर्नु पर्ने भएकाे हुनाले रकम सकलन गरेकाे उनले बताए । अहिले पार्किङमा गाडीकाे चाप पनि कम भएकाे तर अव केहि दिन पछि गाडीकाे चाप पनि बढ्ने हुनाले राजश्व उठ्ने रकम बढ्ने उनले जानकारी दिए ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *