२०८१ कार्तिक ६, १८:२१
#ब्रेकिङ न्युज

भानु साहित्यिक प्रतिष्ठानद्वारा संस्कृतिविद् डा. जगमान गुरुङलाई सम्मान

काँकरभिट्टा, २९ असार । भानु जयन्तीको अवसरमा भाषा संस्कृति विद प्राध्यापक डा. जगमान गुरुङलाई सम्मान गरिएको छ । २११ औं भानु जन्मजयन्तीमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको समारोहको अवसरमा प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीलगायतले गुरुङलाई नगद १ लाख १ हजार रुपैयाँ, सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।

सम्मानित गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज साहित्यकार हुन् । गुरुङको संक्षिप्त जीवनीसहित सम्मान पत्र अग्रज संचारकर्मी चन्द्र भण्डारीले वाचन गरेका थिए । सम्मान ग्रहणपछी बोल्दै गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफुलाई गरेको सम्मान यहाँका समुदायको सम्मान भएको अनुभुती आफुले गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले साहित्य, कला र संस्कृतिको जगेर्नामा गुरुङले गरेको योगदानको चर्चा गरे ।

उनले साहित्य र संस्कृति अनि भूगोलको चर्चाले पनि हाम्रो प्रदेशको नाम कोशी हुनु उपयुक्त भएको दावी गरे। कार्कीले देशमा शासन प्रणालीलाई अझ समृद्ध बनाउन हालको निर्वाचन प्रणाली संशोधन गर्न जरुरी रहेको बताए ।

सोही अवसरमा संचार र साहित्यमा योगदान गरे बापत पिनाकीप्रसाद कोइराला( नगद २१ हजार रुपैयाँ), भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारी( १५ हजार रुपैयाँ), ब्याडमिनकी राष्ट्रिय खेलाडी अमिता गिरी( २१ हजार रुपैयाँ), साहित्यकार जयप्रसाद आचार्य(५ हजार रुपैयाँ), ज्येष्ठ रेडियोकर्मी केन्द्रप्रसाद भट्टराई(नगद ५ हजार रुपैयाँ) र प्रशंसा पत्रले सम्मान गरियो ।

त्यस्तै संस्थागत सम्मानतर्फ सुसेली साहित्यिक परिवार( २१ हजार रुपैयाँ), संगित साधना प्रतिष्ठान नेपाल इटहरी( २१ हजार रुपैयाँ), मेची कृषक सहकारी संस्था इटाभट्टा, स्थापनाकालमा पुस्तकालय स्थापनामा सहयोग गरे बापत महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टालाई सम्मान गरियो । सम्मानित हुने व्यक्ति एवम् संस्थाहरुलाई प्रमुख अतिथि प्रदेश सांसद कार्की, विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले पुरस्कार वितरण गरेका थिए।

त्यस्तै प्रतिष्ठानले शुक्रबार संचालन गरेको खुला कविता प्रतियोगितामा प्रथम हुने सुर्योदय-९, फिक्कलका नदी भट्टराई नगद ५ हजार रुपैयाँ, द्वित्तीय हुने मेचीनगरका दधिराम खनाल नगद ३ हजार एवम् तृतीय हुने मेचीनगर ८ का दिपेश राउतलाई नगद २ हजार रुपैयाँ तथा सम्मान पत्रद्वारा पुरस्कृत गरिएको प्रठिष्ठानका सचिव फडिन्द्र घिमिरेले बताए ।

भानु साहित्यिक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल र संचालन महासचिव सुशिल आचार्यले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *