२०८१ कार्तिक ६, २०:४९
#ब्रेकिङ न्युज

प्रथम मिस्टर कोशी च्याम्पियनमा हर्कबहादुर राई विजयी, फस्ट रनरअपमा मेचीनगरका अभिजित राजवंशी

बिर्तामोड, असार २२ । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चारवटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको फस्ट रनरअपमा क्लासिक फिटनेसबाट मेचीनगरका अभिजित राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेन्ड रनरअप मोरङका टंकबहादुर मगर बने । उनले नगद ५० हजार र ट्रफी पाए ।त्यसतै काकडभिट्टाका रोहन राईले सहभागी जनाउदै आफ्नो क्याटोगेरीमा तेस्रो स्थान हासिल गरे।चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने उनले नगद ३० हजार प्राप्त गरेका छन् ।उदयपुरका अनिशले नगद २० हजारमा चित्त बुझाएका छन् ।

प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए ।

बोर्डका सदस्य गौरीमान राई, उद्योगी टिकाराज ढकाल, झापाका खेलकुद अगुवा जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रथम मिस्टर कोशी च्याम्पियनमा हर्कबहादुर राई विजयी, फस्ट रनरअपमा मेचीनगरका अभिजित राजवंशी

सुनको भाउ अहिलेसम्मकै महङ्गो, १ लाख ४४

Leave a comment

Your email address will not be published. Required fields are marked *