२०८१ कार्तिक ६, १८:०५
#ब्रेकिङ न्युज

धार्मिक कार्यक्रममा भागदौड हुँदा भारतमा ११६ को मृत्यु, १५० भन्दा बढी घाइते

काठमाडौँ — भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ ।

हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

हाथरस, बहादुर नगरी गाउँका भोले बाबाको धार्मिक सत्संग सुन्न ठूलो संख्यामा मानिसको उपस्थिति थियो ।स्थानीय प्रहरीका अनुसार उनको वास्तविक नाम नारायण साकार हरि हो र उनले करिब २७ वर्षअघि सरकारी जागिर छाडेर धार्मिक प्रचार सुरु गरेका थिए । उनले साकार विश्व हरि भोले बाबाको ब्यानरमा सत्संग कार्यक्रम गर्दै आएका छन् ।

कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *