२०८१ कार्तिक ९, ००:११

मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिला घाइते

मेचीनगर- मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार राती साढे ९ बजेको समयमा मेचीनगर नगरपालिका–१२ किरात चौकमा पसलबाट घर जाने क्रममा सोही ठाउँका डिल्ली राईकी श्रीमती अन्दाजी ५२ वर्षीया भीममाया राईलाई हात्तीले आक्रमण गरेको थियो ।

कालिझोडा सामुदायिक वनबाट निस्किएको एउटा हात्तीले उनलाई बाटैमा आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

उनको बायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकी, बोल्न सक्ने मध्यम अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *