२०८१ कार्तिक ९, ००:११
#ब्रेकिङ न्युज

धान दिवसमा माओवादी केन्द्रद्वारा मेचीनगरमा १२५ जना कृषकलाई फरुवा बितरण

मेचीनगर । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ ।

मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो ।

कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल, बीउ, बिषाधीमा प्रभावकारी बजेट बिनियोजन र कार्यान्वयन नहुँदा पछिल्लो समयमा युवा कृषि पेशाबाटै पलायन हुन थालेका छन् । सरकारले कृषकलाई बेवस्ता गर्दा कृषक पनि पलायन बढेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षणस्वरुप फरुवा बितरण गरेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए ।

अध्यक्ष राजन चिमरियाले शनिबार करिव ४३ हजार मुल्य पर्ने १ सय २५ कृषकलाई ३ चरणमा उक्त फरुवा बितरण गरेको हो । मेचीनगर-१४ का बयोबृद्दा कृषक मेचीनगर-१३ का खेमनाथ भण्डारीको हातबाट प्रत्येक वडाबाट वास्तविक कृषक छनोट गरी प्रतिवडा ५ देखि ७ वटा फरुवा बितरण गरेको हो ।

मेचीनगर-१४, ७ र ३ मा छुट्टाछुट्टै कार्यक्रम गरी फरुवा बितरण गरेका थिए । पहिलो चरणको फरुवा बितरण कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता कार्कीको अतिथ्यता तथा राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मेचीनगर-९, १०, ११, १२, १३, १४ र १५ वडाका अध्यक्ष सचीव तथा पदाधिकारी र कृषकहरुको सहभागिता रहेको कार्यक्रम पार्टीका जिल्ला सदस्य खगेन्द्र सिग्देलले सञ्चालन गरेका थिए ।

मेचीनगरका १,२,३,४ वडाका कृषकलाई दिउँसो १ बजे बाहुनडाँगी नजिक भृकुटीमा र वडा नम्बर ५,६,७,८ र १५ का कृषकलाई मेचीनगरको पार्टी कार्यालय इटाभट्टाबाट बितरण गरिने चिमरियाले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *