२०८१ कार्तिक ६, १६:२५
#ब्रेकिङ न्युज #शिक्षा

बालकल्याण माविको शिक्षक अभिभावक संघमा फेरि सुवास लिम्बू

मेचीनगर । बालकल्याण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुवास लिम्बू चयन भएका छन् । विद्यालयको बिहीबार सम्पन्न अभिभावक भेलाबाट आगामी २ वर्षे कार्यकालको लागि अध्यक्षमा लिम्बू चयन भएका हुन् ।
११ सदस्यीय समितिको सदस्यहरुमा गोपाल गिरी, दीपक ढुंगाना, विन्जिता तामाङ, सीता भट्टराई, सीता भट्टराई (पौड्याल), चन्द्र प्रसाद गुरागाईँ, मनकुमारी सिग्देल, शिक्षक प्रतिनिधि सदस्य शन्तलाल माझी, विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य भुपेन्द्र गिरी, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपाने चयन भएका छन् ।

मेचीनगर-५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व अध्यक्ष दिलिपजंग सुब्बा, अनन्तकुमार दाहाल, रंगलाल गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरी, पूर्व प्रधानाध्यापक गणेशप्रसाद सुवेदीलगायतले बोलेका थिए । पिटिए कोषलाई वृद्धि विकासका लागि वि.व्य.स.अध्यक्ष गिरीले ५ हजार, दीपक ढुंगानाले २ हजार, अभिभावक भोलानाथ भट्टराईले १ हजार दिएका छन् । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक गणेशप्रसाद सुवेदीले ११ हजार १ सय ११ रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सुवास लिम्बूले रु ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
शिक्षक अभिभावक संघका अध्यक्ष सुवास लिम्बूको सभापतित्व रहेको कार्यक्रममा विद्यालयका प्रावि इञ्चार्ज शन्तलाल माझीले स्वागत र सञ्चालन प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *