२०८१ कार्तिक ६, १९:१६
#ब्रेकिङ न्युज

कांग्रेस मेचीनगर ९द्वारा सन्तुलित विकासका लागि कार्यक्रम समावेश गर्न माग

धुलाबारी।नेपाली कांग्रेस मेचीनगर ९ वडा समितिले जनहितकारी बजेट, नीति तथा कार्यक्रम ल्याउन वडा कार्यालयमा मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका वडा सभापति उद्धव बानियाँ नेतृत्वको टोलीले वडाध्यक्ष कञ्चनकुमार तामाङलाई आइतबार मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

माग पत्रमा वडाको सन्तुलित विकासका लागि कार्यक्रमहरु समावेश गर्न माग गरिएको छ । वडामा नवनिर्मित स्वास्थ्य चौकी संचालनमा ल्याउनुपर्ने, सामुदायिक भवन निर्माण अलपपत्र रहेको र तत्काल बजेट बिनियोजन गरी सञ्चालनमा ल्याउनुपर्ने लगागतका मागहरु पत्रमा उल्लेख छ ।

वडाको स्वास्थ्य, शिक्षा, मानव केन्द्रीत विकास निर्माण लगायतका बुद्दा समेटिएको योजना समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाइएको वडाका उपसभापति रुद्रकुमार रोक्काले बताए ।वडाभित्र सञ्चालित विकासे योजनाका समस्या पहिचान तथा आर्थिक वर्ष २०८१(०८२ मा गर्नुपर्ने कार्यक्रमहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

वडा समितिले जनसरोकारका विषयमा उठेका योजनालाई आगामी बजेटमा समावेश गर्न दवाव दिदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *