२०८१ कार्तिक ६, २०:५२
#ब्रेकिङ न्युज

बिर्तामोड बसपार्ककाेआगाे नियन्त्रणमा, करिब ९ लाखको क्षति

झापा-झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए ।

बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *