२०८१ कार्तिक ७, ०३:२४
#ब्रेकिङ न्युज

कोशी प्रदेशले नि:सन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने

विराटनगर-कोशी प्रदेश सरकारले नि:सन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चार वटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, उदयपुर, धनकुटा र सङ्खुवासभा जिल्ला अस्पतालबाट निःशुल्क सेवा सुरु हुने प्रदेश सरकारले जनाएको छ ।

ती अस्पतालबाट सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले १ करोड १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *